अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

काठमाडाैं | भदौ २५, २०८२

अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

काठमाडौं:  नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ ।


जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने र जनधनको क्षति हुने सम्भावना औँल्याउँदै तुरुन्त बुझाउन अनुरोध गरेको हो ।


सेनाले हातहतियार वा गोलीगठ्ठा फेला परेका व्यक्तिले सुरक्षाकर्मीलाई जानकारी दिनुका साथै सम्बन्धितलाई बुझाउन प्रेरित गर्न आग्रह गरेको छ । साथै, सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्न पनि अनुरोध गरेको छ ।


हातहतियार वा गोलीगठ्ठा नबुझाई कसैसँग फेला परे प्रचलित कानुनअनुसार कारबाही हुने सेनाद्वारा विज्ञप्तिमा उल्लेख छ ।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्